बलान खोलामा डुबेर एक बालक बेपत्ता

काठमाण्डु टुडे २०८२ साउन २६ गते १५:५९ मा प्रकाशित

काठमाण्डू, २६ साउन– सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक बालक डुबेर बेपत्ता भएका छन । बेपत्ता हुनेमा सिरहाको सखुवानन्कारकटी गाउँपालिका –३ बरियारपुर बस्ने शिव कुमार यादवका १४ वर्षीय छोरा घनश्याम यादव रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।

आज बिहान १० बजेतिर स्थानीय उत्सवको लागि भगवानपुर गाउँपालिका १ स्थित बलान खोलामा जल भर्न गएको बेला उनी बेपत्ता भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिएका छन ।

बालकको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजबिन गरिरहेको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us