रविको निवेदनमाथि सुनुवाइ जारी, जेलमै थुन्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आजै आउने

काठमाण्डु टुडे २०८२ साउन २६ गते १५:१८ मा प्रकाशित

काठमाण्डू, २६ साउन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेतर रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ जारी छ । निवेदनमाथि सुनुवाइ सकिए आजै आदेश आउने बताइएको छ ।

निवेदनमाथि सुनुवाइ सकिए आजै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार विकास बस्नेतले जानकारी दिएका छन । उनले भने, ‘अहिले निवेदनमाथि सुनुवाइ भइरहेको छ ।

सुनुवाइ सकिए लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि धरौटीमा थुनामुक्त गर्ने कि थुनामै राख्ने भन्ने आदेश आउनेछ ।’ सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us