काठमाण्डू, २६ साउन– सिन्धुलीको नाङ्गे डाँडाको जंगल गत ११ साउनदेखि बेपत्ता रहेकी एक महिलाको शव फेला परेको छ । जिल्लाको घ्याङ्लेक गाउँपालिका–२ सातदोबाटोस्थित नाङ्गे डाँडाको जंगलमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।
मृतक घ्याङ्लेक गाउँपालिका–२, चन्दनपुर निवासी सन्चमाया वाइबा लामा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सन्चमाया वाइबा लामा साउन ११ गते हराएको भनी परिवारजनले साउन १५ मा ईलाका प्रहरी कार्यालय वस्तिपुरमा निवेदन दिएका थिए ।
त्यसपछि प्रहरीले खोजतलास जारी राखेको थियो । शव फेला परेको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिएका छन ।