काठमाण्डू, २६ साउन– डडेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको पाइएको छ ।
वडाध्यक्ष जोशीले सोही वडाका २४ वर्षीय लोकेन्द्र लुहार (विक)लाई स्थानीय द्वारिक चोक नजिकै दुर्व्यवहार गरेको आरोप छ । बिरामी भाइलाई मोटरसाइकलमा राखेर अस्पताल लैजादै गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरको विकले बताएका छन । अभद्र व्यवहार भएको विषयमा इलाका प्रहरी कार्यालय जोगबुढामा छलफल समेत भएको पाइएको छ ।
यद्यपि आपसी छलफलबाट विवाद समाधान भइसकेको अध्यक्ष जोशीले जानकारी दिएका छन । तर, नेपाल दलित मुक्ति मोर्चा डडेल्धुराका अध्यक्ष धर्मेन्द्र नेपालीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत घटनाबारे कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न चेतावनी दिएका छन् ।