महाकाली नदीमा नुहाउन गएका दुई बालिका डुबेर बेपत्ता

काठमाण्डु टुडे २०८२ साउन २५ गते १६:२३ मा प्रकाशित

काठमाण्डू, २५ साउन– कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिएका छन ।

उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएको खुलेको उनले जानकारी दिएका छन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा खोजिरहेको बेपत्ता बालिकाहरूको खोजी जारी रहेको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us