फिफा महिला वरीयतामा हालसम्मकै उच्च वरीयतामा नेपाल

काठमाण्डु टुडे २०८२ साउन २२ गते १४:५१ मा प्रकाशित

काठमाण्डू, २२ साउन– फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हाता परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७ औं स्थानमा पुग्न सफल भएको छ ।

यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१ औं स्थानसम्म पुगेको रेकर्ड थियो । जुन् रेकर्डलाई पनि उछिनेर नयाँ सफलता हासिल भएको हो ।

यसअघि १००औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ४६.४९ अंक बढेर नयाँ वरियतामा ८७ औं स्थानमा पुगेको हो। एसियाली राष्ट्रहरुमध्ये नेपाल १६ औं स्थानमा छ ।

नेपालले महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो । यस प्रतियोगितापछि नेपालको वरियतामा ठुलो सुधार आएको हो । फिफा वरियताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकी टोली दोस्रोमा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us