
काठमाण्डु, २८ भदौ– खुलेआम घुमिरहेका भुस्याहा कुकुरका कारण सर्वसाधारणलाई बिहान–बेलुी हिंडडुल गर्न सास्ती छ ।
०७० मा कुकुरको टोकाइबाट ३२ हजारभन्दा बढि मानिसले समस्या भोगिरहेका छन् । कोही सबै कुकुरलाई मार्नुपर्ने बताउँछन् त कोही व्यावस्थापन गर्न बन्ध्याकरण अभियानै चलाउनुपर्ने जोड दिनछन् । साथमा अधिकारका लागि लड्ने पनि अर्कोतर्फ छँदैछन् ।
टोखाकी शान्ति श्रेष्ठ एक वर्षको बच्चा बोकेर घरबाहिर निस्कँदै थिइन् । गल्लीमा भुस्याहा कुकुरसँग उनको जम्काभेट भयो । अन्य बेलामा जस्तै उनी यसपटक पनि तर्केर हिंड्न खोजिन् । तर, यसपटक ३५ वर्षीयलाई कुकुरले झम्टिहाल्यो ।
उनले प्रतिकार गर्न खोजिन् । तर दायाँ घुँडादेखि तल टोक्न भ्याइहाल्यो । रगत भलभली बग्न थाल्यो । उनी कुकुरले टोकेपछि प्रयोग गर्नुपर्ने रेबिजको सुई लगाउन बिहीबमर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल विकास समिति ९टेकु अस्पताल० आएकी थिइन् ।
‘एक वर्षको बच्चालाई दुध खुवाउन मिल्छ कि मिल्दैन ?,’ अतालिंदै उनले जिज्ञासा राखिन, ‘चाँडै काम सकाउँला भनेर म घरबाट निस्केकी थिएँ, कुकुरले झम्टेपछि यसैमा दिन बित्यो । यो घाउ निको हुनै एक साता लाग्ने रहेछ ।’
कान्तिपुर दैनिकबाट