कम्बोडियाका नेता सेनसँग फोनमा कुराकानी गरेको आरोप थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित

काठमाण्डु टुडे २०८२ असार १७ गते १५:२८ मा प्रकाशित

एजेन्सी– थाइल्याण्डको संवैधानिक न्यायलयले प्रधानमन्त्री पाइतोङ्गतार्न सिनावात्रालाई उनको पदबाट निलम्बन गरेको छ । उनीमाथि कम्बोडियाका नेता हुन सेनसँग फोनमा कुराकानी गरेको आरोपमा निलम्बन गरेको हो ।

उक्त कुराकानीमा उनले थाई सेनाका कमान्डरको आलोचना गरेकी थिइन् । थाइल्याण्डमा यसलाई एक गम्भीर मामिला मानिन्छ, किनभने त्यहाँ सेनाको निकै ठुलो प्रभाव छ । यो कुराकानी बाहिरिएपछि देशभर आक्रोश फैलिएको थियो ।

अदालतले ७९२ को बहुमतले प्रधानमन्त्रीलाई पदबाट निलम्बन गरेको हो । अदालतले उनीविरुद्धको उजुरीमाथि छानबिन गरिने बताएको छ । यदि उनी दोषी ठहरिइन् भने उनलाई सधैँका लागि पदबाट हटाइन सकिनेछ ।

प्रधानमन्त्रीले आफूविरुद्धको नैतिकता उल्लंघनको मुद्दालाई स्वीकार गरेकी छिन् र अब छानबिन पूरा नभएसम्म उनले प्रधानमन्त्रीको रूपमा काम गर्न पाउने छैनन् । यस मामिलामा अन्तिम फैसला नआएसम्म उपप्रधानमन्त्री फुमथम वेचायाचाईले सरकारको नेतृत्व गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us