राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक छः भण्डारी

काठमाण्डु टुडे २०८२ साउन ८ गते १८:३१ मा प्रकाशित

काठमाण्डू, ८ साउन– पूर्व राष्ट्रपति विद्या भण्डारीले देशभित्र लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक रहेको बताएकी छन ।

आज (बिहिबार) काठमाण्डूमा राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले मुलुकमा परिवर्तन आइसकेपछि अव आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने भन्दै त्यसका लागि लगानीको वातावरण बनाउनुपर्ने पनि बताएकी छन । भण्डारीले आर्थिक उन्नयनका लागि स्वदेशी पुँजी, श्रम, सीप र प्रविधिको अधिकतम उपयोग अति आवश्यक रहेकाले राजनीतिक स्थायित्वमार्फत लगानीको वातावरण बनाउनु अपरिहार्य रहेको बताइन् ।

उनले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना, ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सेवा, पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरेको भन्दै थप लगानीका लागि पूर्वाधार बनाउनुपर्ने बताए । उनले समृद्धिको बाटोमा अगाडि बढ्न लगानीको वातावरण आवश्यक रहेको पनि बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us