कांग्रेस सांसद भण्डारीको प्रश्नः त्रिवि किन सधैं बन्द ?

काठमाण्डु टुडे २०८२ साउन ८ गते १८:१५ मा प्रकाशित

काठमाण्डू, ८ साउन– कांग्रेस सांसद चन्द्र भण्डारीले सरकारको उदासीनता र अकर्मण्यताका कारण त्रिभुवन विश्वविद्यालय पटकपटक बन्द हुने गरेको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद भण्डारीले यस्तो बताएका हुन ।

सांसद भण्डारीले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधार गर्न सरकार असफल भएको पनि बताएका छन । उनले पछिल्लो समय विकसित भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारतिर पाठ्यक्रम बनाउन ढिला गर्न नहुने पनि बताएका छन । कांग्रेस सांसद भण्डारीले भने, ‘सरकार छ, मन्त्रालयहरू छन्, विज्ञहरू छन् ।

त्रिभुवन विश्वविद्यालय सधैँ बन्द किन भइरहन्छ ? किन सरकारले खोल्न सक्दैन ? विश्वविद्यालयले नयाँ कार्यक्रमहरू ल्याउन सक्दैन ?’ भण्डारीले प्रश्न गरे । उनले विश्वबजारमा प्रतिष्पर्धा गर्नसक्ने सक्षम जनशक्ति विकास हुनेगरी विश्वविद्यालयको सुधार गर्न आवश्यक रहेको बताउँदै उनले जिम्मेवार र कर्तव्यहिन सरकारका कारण शिक्षा क्षेत्र ध्वस्त भएको उल्लेख गर्दै रुलिङ गर्न माग समेत गरेका छन ।

उनले भने, ‘हाम्रा विद्यार्थीहरूले फार्मेसी, इन्जिनियरिङ पारामेडिकल लगायतका विषयहरू पढ्न चाहन्छ । हामी त्यस्ता कार्यक्रमहरू किन ल्याउन सक्दैनौं ?,’ उनले भने, ‘सरकारले यसको बारेमा किन काम गर्दैन ? यो आजको सबैभन्दा ठूलो सवाल हो । यहाँ सबै युवाहरू पलायन हुन भनेर दलालहरूसँग मिलेर कुनै पनि कार्यक्रमहरू ल्याइँदैनन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us