देशको अवस्थाबारे माओवादी बरालीको ब्याख्याः यता पनि बर्बाद, उता पनि बर्बाद

काठमाण्डु टुडे २०८२ साउन ८ गते १४:४० मा प्रकाशित

काठमाण्डू, ८ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले देशको अवस्था राम्रो नरहेको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद बरालीले यस्तो बताएका हुन ।

उनले भने, ‘‘मगर भाषामा एउटा भनाइ छ– इलाङ भरस्टा, आलाङ भ्ररस्टा । अर्थात, यता पनि बर्बाद, उता पनि बर्बाद ।’ राज्य सञ्चालनको नेतृत्वमा रहेकाहरू देशको अवस्थाप्रति ज्यादा गम्भीर बन्नुपर्ने उनको आग्रह छ ।

तर, सकारात्मक व्यवहार पाउन नसकेको उनले बताए । उनले भने, ‘हुँदा–हुँदा माझ किरातकी छोरी र झापाली साक्षात् शिव चाम्लिङका छोराको मल्ल युद्धले पनि अर्को रमिता देखाएको पत्रपत्रिकाले उजागर गरेकै छन्’ सांसद बरालीले ब्यङ्ग्य गरे ।

उनको यो ब्यङ्ग्य सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेभित्रको अन्तरसंघर्षप्रति लक्षित छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us