सर्पदंशबाट एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन ८ गते १४:३१ मा प्रकाशित

काठमाण्डू, ८ साउन– अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन ।

तराईमा अत्यधिक गर्मीका कारण पछिल्लो समय विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us