हिजोदेखि बेपत्ता बालक पोखरीमा मृत भेटिए

काठमाण्डु टुडे २०८२ साउन ८ गते १३:०५ मा प्रकाशित

काठमाण्डू, ८ साउन– धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा भेटिएका छन । मृत फेला पर्नेमा धनुषाको सबैला नगरपालिका–१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन ।

बालक सचिन बुधबार बिहानै ११ बजे घरबाट खेल्दै निस्केको पाइएको उनले जानकारी दिए । खोजलास गर्ने क्रममा बिहीबार बिहान उनको शव पोखरीमा फेला परेको हो । गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us