भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लिएर अगाडि बढेका छौँः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८२ साउन ७ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, ७ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ’ रहेको बताएका छन् ।

आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्र बहादुर शाहीको प्रश्नको जवाप दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी सबै दृढ छौं ।’ तथापि, कतिपयले फेसनको रुपमा लान्छना लगाउने गरेको उनको तर्क छ ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लिएर अगाडि बढेको पनि प्रधानमन्त्री ओलीले बताएका छन । कसैले केही लेखेकै आधारमा वा आरोप लगाएका आधारमा नभएर तथ्यका आधारमा सरकारले आवश्यक कदम चाल्ने पनि उनको प्रतिवद्धता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us