काठमाण्डू, ७ साउन– प्रहरीले हनी ट्रयापमा पारेर १४ लाख रुपैयाँ भन्दा बढी असुलेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८ घर भइ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जानकारी दिएको छ ।
चन्दले एक युकलाई २०८१ को भदौमा सुर्खेतकै बुलबुले होटलमा बोलाई सम्बन्ध राखेको र त्यसैलाई ब्ल्याकमेलिङ गरेर ठगी गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।
बलात्कार मुद्दामा फसाउन भन्दै उनदे पीडित युवकबाट १४ लाख २५ हजार रुपैयाँ असुलेको आरोप छ । उनीमाथि आपराधिक एक्सटर्सनको कसुरमा अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।