विद्या भण्डारी भन्छिन्ः म राजनीतिमा आएर यो–यो काम गर्न चाहन्छु

काठमाण्डु टुडे २०८२ असार २७ गते ७:२० मा प्रकाशित

मैले व्यक्तिगत आकांक्षा, महात्वाकांक्षा र पदीय आकांक्षाका लागि राजनीतिमा सक्रिय हुन खोजिराखेको होइन । हाम्रो केही कामहरु छ । सचेत नेपाली नागरिकहरुले गर्नुपर्ने केही काम छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा पनि राम्रोसँग सम्बन्धहरुलाई विकास गर्नुपर्ने अवस्था मैले देख्छु । अहिले धेरै नेपालीहरु विदेशमा छन् । ती नेपालीहरुसँग पनि हामीले राम्रो सुमधुर सम्बन्ध कायम राख्दै नेपालको राजनीतिक स्थिरताका लागि पनि प्रवाशी नेपालहीहरुका बीचमा र अर्को मित्रराष्टहरुसँग पनि हामीले हाम्रो सम्बन्धलाई अझै सुधार गर्दै, विस्तार गर्दै लैजानुपर्ने आवश्यकता छ मैले देखेको ।

 

अर्को नेपालको राष्ट्रिय अर्थतन्त्रको बारेमा पनि जसरी हामीले अपेक्षा गरेका छौं र हाम्रो जुन नीति छ त्यो अनुसार राष्ट्रिय अर्थतन्त्रलाई हामीले विकासै भएन भन्ने त मेरो कुरा कुरा होइन, कोसिस भएको छ । तर, जुन हिसाबले हामीले विकास गर्ने र राष्ट्रिय उद्योगधन्दा, उत्पादन, राष्ट्रिय उत्पदकत्व वृद्धि गरेर स्वरोजगार बनाउने । नेपालीलाई मात्र होइन, हाम्रो नेपालीहरु विदेशमा रोजगारीका लागि जान्छन् भने हाम्रो उत्पादन ज्यादा बढाएर हाम्रो देशको जनशक्तिले नपुगेर विदेशीलाई सम्म पनि हामीले रोजगारी दिन सक्ने त्यो हौसियत हामीले विकास गर्नुपर्ने अवस्था छ । शिक्षाको कुरा गर्नुहुन्छ भने शिक्षामा पनि त्यस्तै अवस्था छ । नेपालीहरु बाहिर गएर पढिराखेका छन ्। बाहिर गएर उपचार गरिराखेका छन् । शिक्षामा, स्वास्थ्यमा काम गर्नुपर्ने छ । विदेशीहरु नेपालमा आएर किन नपढ्ने ? नेपालमा आएर किन उपचार नगर्ने ?
हाम्रो राष्ट्रियताको र अर्थतन्त्रको एउटा आधार भनेको राष्ट्रिय अर्थतन्त्र पनि हो, शिक्षा पनि हो, स्वास्थ्य पनि हो । यस्ता कुरामा हामी अनुभवी मान्छेहरुले अझ अग्रसर भएर काम गर्नुपर्छ भन्ने मलाई लागेको छ । विश्वव्यापी रुपमा हामीललाई केही चुनौती पनि छ । विश्व तापक्रम बढेका कारण जलवायु परिवर्तन चुनौतीपूर्ण रुपमा गइराखेको छ । हाम्रो श्रोत साधन र सम्पदाहरुमा पनि ‘थ्रेट’ भइराखेको छ । नेपालमा मात्र होइन, विश्वलाई नै यसले चुनौती दिइराखेको छ । यी मेरो एजेण्डाहरु हुन् ।

वातावरणमन्त्री रक्षामन्त्री र राष्ट्रपतिका रुपमा मैले कति काम गरें अध्ययन गर्नुस् म आलोचचनाको घेराभन्दा माथि छैन । तर, मैले राष्ट्रिय रुपमा पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेको छु । एउटा पार्टीलाई बलियो बनाउने, पाँच वर्ष एउटा पार्टीले बहुमत ल्याएर सरकार बानाउने । मेरो संकल्प त्यही छ । नथाकीकन देश बनाउन, देशको स्वामिभान, स्वाधीनता, सार्वर्भाैमिकता जनताको राष्ट्रिय जीवन गरिमामय होस् भन्ने कुरामा हामी लाग्नुपर्छ । हामी पार्टी सिस्टमबाट जानुपर्छ ।

म नेकपा एमालेको स्कुलिङबाट आएको हो । एमालेले जुन विषयहरु अगाडि सारेको छ त्यो विषयमा रहेर हामीले काम गर्ने हो । आउने दिनहरुमा जनताका दुःखका दिनहरु नदोहोरिउन भनेर नै हामीले काम गर्ने हो । पार्टीले के जिम्मेवारी दिन्छ । दिएको जिम्मेवारी मेरो अनुकूल हुन्छ कि हुँदैन त्यसको आधारमा हुन्छ । एमकालेको सिद्धान्त, नीति कार्यक्रमका आधारमा पार्टीलाई अगाडि बढाउने । सत्य निष्ठाको राजनीति अगाडि बढाउने हो । कतिपय विकृति, विसंगतिको विरुद्ध पार्टीलाई बलियो बनाएर लाने हो ।
(इमेज च्यानलका लागि पत्रकार जगदिश खरेलसँगको कुराकानीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्त गरेको विचारका सम्पादित अंश)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us