काठमाण्डूमा गाडी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाण्डु टुडे २०८२ असार २५ गते ६:५२ मा प्रकाशित

काठमाण्डू, २५ असार– काठमाण्डूमा गाडी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–१ का स्कुटर चालक सोनाम योञ्जन छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका योञ्जनलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बाप्र०१–००२ज७३७८ नम्बरको गाडी र बाप्र०२–०४४प ६४०५ नम्बरको स्कुटर आसपमा ठोक्किएर दुर्घटना भएको काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us