लिभरपुलमा फरवार्ड डियगो जोटाको कार दुर्घटनामा निधन

काठमाण्डु टुडे २०८२ असार १९ गते १६:२९ मा प्रकाशित

काठमाण्डू, १९ असार– इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा परि निधन भएको छ । बिहीबार मध्यराति स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

दुर्घटनामा परी उनका भाईको पनि निधन भएको छ । २६ वर्षीय आन्द्रे जोटा पनि फुटबलर हुन् । २८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत थिए। प्रारम्भिक जानकारी अनुसार गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ।

डियगोको केही दिनअघि मात्र विवाह भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us