दसैंका लागि आइतबारदेखि नयाँ नोट बाँडिने

काठमाण्डु टुडे २०७१ भदौ २६ गते ३:५९ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– नेपाल राष्ट्र बैंकले दसैंका लागि करिब २५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने भएको छ ।  दसैं, तिहार, छठजस्ता new noteचाडपर्वलाई लक्षित गरी केन्द्रीय बैंकले आइतबारदेखि नयाँ नोट वितरण गर्दैछ ।

राष्ट्र बैंकका काठमाण्डु, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढी शाखाबाट नयाँ नोट प्राप्त गर्न सकिनेछ । वाणिज्य बैंक, विकास बैंक र लघुवित्त कम्पनीले पनि नयाँ नोट बाँड्न पाउने छन् ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नोट वितरण गर्न लागेको हो । १ व्यक्तिले ५, १० र २० का २-२ बन्डल र ५० र सयका १-१ बन्डल नयाँ नोट लिन सक्नेछन् ।

प्रतिव्यक्ति अधिकतम २२ हजार रुपैयाँसम्म नोट साट्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए ।

यसैगरी केन्द्रीय बैंकले दसैं र तिहारमा नयाँ नोटको अभाव हुन नदिन अन्य बैंकरवित्तीय संस्थालाई पनि वितरण जिम्मा दिने भएको छ । बैंकका अनुमानित सेवाग्राही संख्याका आधारमा नोट वितरण गर्ने तयारी रहेको श्रेष्ठले बताए । विगत वर्षमा बैंकरवित्तिय संस्थाले आवश्यकताभन्दा बढी होल्ड गर्ने भएकाले पनि नयाँ नोट अभाव हुने गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us