
काठमाण्डू, १३ असार– काभ्रेको बनेपा नगरपालिका– १२ बाँसडोलमा छानोबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाइनिज इट्टाभट्टामा काम गर्ने रोल्पा जिल्ला मादी ६ का वर्ष ४२ को अमृत घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ ।
उनी सोही भट्टामा रहेको ट्रस्टमा जस्ताको छानोबाट पानी चुहिएकोले छानामा प्लाष्टिक ओढाउने क्रममा चिप्लिएर लडेको प्रहरी चौकी साँगाका हवल्दार बेलबहादुर श्रेष्ठले जानकारी दिएका छन ।
छानामा प्लाष्टिक ओढाउने क्रममा लडेर घाइते भएका घर्तीमगरको उपचारको लागि शीर मेमोरियल अस्पताल बनेपामा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।