
काठमाण्डू, १३ असार– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा पार्टीले चलाउन लागेको देशव्यापी अभियान, केही जिल्लाहरूमा बाँकी रहेको जिल्ला अधिवेशन सम्पन्न गर्ने बारे छलफल हुने पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिएका छन ।
पार्टी स्रोतका अनुसार बैठकमा माधव नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लागेका आरोप बारे ब्रिफिङ गर्नेछन् । अध्यक्ष नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतले ३५ लाख धरौटीमा रिहा गरेको छ ।
कतिपय जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रूपमा अध्यक्ष नेपाललाई बोलाएकाले भ्रष्टाचारको आरोप लागेको बेला सहभागी हुने कि नहुने भन्ने बारेमा पनि विवाद रहेको पार्टी स्रोतले जानकारी दिएको छ ।