जंगली च्याउ सेवन गर्दा परिवारका तीन जना बिरामी

काठमाण्डु टुडे २०८२ असार १३ गते ८:२४ मा प्रकाशित

गुल्मी, १३ असार– गुल्मीमा विषालु च्याउ सेवनका कारण एकै परिवारका तीन जना बिरामी परेका छन् ।

मुसिकोट नगरपालिका–४ दिगामचौरमा बिहीबार जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा परिवारका तीन जनाको स्वास्थ्य समस्या देखिएको हो ।
गुल्मी प्रहरीका अनुसार बिरामी पर्नेमा ७६ वर्षीय थम्मनबहादुर कुमाल, ६८ वर्षीया फूलमाया कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका छन् । च्याउ खाएलगत्तै उनीहरूलाई टाउको दुख्ने, रिङ्गटा लाग्ने र वान्ता हुने जस्ता लक्षण देखा परेपछि राति नै उपचारका लागि पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको छ । तीनै जना खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै इन्द्रगौडा प्रहरी पोष्टबाट खटिएको टोलीले तत्काल उद्धार गरी बिरामीलाई अस्पताल पठाउने व्यवस्था मिलाएको थियो । यसेबीच स्वास्थ्यकर्मीहरूले जङ्गली च्याउ खाँदा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us