नेपाल ‘म्यांगो फेस्ट २०२५’ हुँदै

काठमाण्डु टुडे २०८२ असार १२ गते १६:१४ मा प्रकाशित

काठमाण्डू, १२ असार– फलफूलको राजा मानिने गुनिलो फल आँपको मौसम सुरु भएसँगै ‘नेपाल म्यांगो फेस्ट २०२५’ आयोजना हुने भएको छ । यही असार १३ गते वालनट बिस्ट्रो, पानीपोखरीमा उदघाटन हुने म्यांगो फेस्ट असार १९ सम्म चल्नेछ । उदघाटन नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले गर्नेछन् ।

काठमाण्डू अग्र्यानिक्स, एग्रि नेपाल, अर्थियर एप र युबी होल्डिङको सहकार्यमा आयोजना हुन लागेको म्यांगो फेस्टमा आँपको विक्रिी वितरणसँगै आँपसँग सम्बन्धित विभिन्न खेलहरुको समेत आयोजना गरिनेछ ।

नेपालकै मधेस क्षेत्रमा उत्पादन गरिएका नेपाली आपँहरूको प्राकतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहँुच बढाउने विविधता र स्वादको प्रवद्र्घन गर्ने तथा स्थानीय कृषकहरूको श्रमको मूल्य मजबुत बनाउने उद्घेश्यसाथ म्यांगो फेस्ट आयोजना हुन लागेको हो ।

नेपालको स्वाद, रङ र सस्ंकृतिको अनपुम सगंमको रुपमा नेपाल म्याङ्गो फेस्ट २०२५ मा अनुभव गर्न आयोजकले आग्रह गरेको छ । म्यांगो फेस्टको औपचारिक उदघाटन २०८२ असार १३ गते  दउँसो १ः००बजे वालनट बिस्ट्रो, पानीपोखरीमा हुनेछ ।

म्याँगो फेस्ट वादनट बिस्ट्रोसँगै एचटुओ क्याफे, स्वयम्भू र वाटरिङ होल झम्सिखेलमा पनि हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us