मलको हाहाकार छ, भइरहन्छः कृषिमन्त्री अधिकारी

काठमाण्डु टुडे २०८२ असार १२ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, १२ असार– कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन । आज (बिहिबार) नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन ।

गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको उनले बताए । बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्‍याउन सक्ने स्थिति नरहेको उनले बताए ।

उधारो दुध वर्षौँदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उनले दुःखेसो समेत गरेका छन । मन्त्री अधिकारीले चिस्यान केन्द्र, बीमा लगायतका धेरै समस्याहरु रहेको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us