पाँचखालमा बस दुर्घटना हुँदा ८ जना घाइते

काठमाण्डु टुडे २०८२ असार ११ गते १७:११ मा प्रकाशित

काठमाण्डू, ११ असार– काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन । अरनि राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–६, हनुमानगढीमा बा २ ख ३२६५ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि पाँचखाल पोलिक्लिनिक पठाइएको पनि प्रहरीले जानकारी दिएको छ । काठमाण्डूबाट मेलम्ची तर्फ जाँदै गरेको उक्त बसमा ३५ जना यात्रु सवार रहेको खुलेको पनि प्रहरीले जनाएको छ ।

बस चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका९७ का ३० वर्षीय मनोज बराईली पाँचखाल प्रहरी चौकीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us