सन्नी लियोनले गर्ने भइन तुषारसँग मस्ती

काठमाण्डु टुडे २०७१ भदौ २४ गते १३:३८ मा प्रकाशित

काठमाण्डु– चर्चित पोर्न स्टार सन्नी लियोनले पूर्व पोर्न स्टार सन्नी लियोनले बलिउड अभिनेता तुषार कपुरसंग मस्ती गर्ने भएकी छन् ।

sanni-tusar
तुषारकी दिदी एकता कपुरले निर्माण गर्न लागेको चलचित्र ‘मस्तीजादे’ मा तुषारले नायक र सन्नीले नायिकाको भूमिका निर्वाह गर्ने भएकी छन् । चलचित्र सेक्स कमेडी जेनरमा निर्माण हुने बताइएको छ ।

उनीहरुले यसअघि सेक्स कमेडी ‘क्या कुल है हम’ र ‘क्या सुपरकुल है हम’ मा सँगै काम गरेका थिए । चलचित्रमा सन्नीले दोहोरो भुमिका निर्वाह गर्ने छिन् ।

फिल्ममा अनुबन्ध भएको कुरा सन्नीले ट्वीटरमार्फत सार्वजनिक गरेकी छन् । उनले भनेकी छन्, ‘भगवान मलाई नयाँ फिल्मका लागि आर्शिवाद देउ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us