शक्तिशाली मन्त्रीले बजेटमा लुट नै मच्चाएका छन्ः उपेन्द्र यादव

काठमाण्डु टुडे २०८२ जेठ २६ गते १९:२७ मा प्रकाशित

काठमाण्डू, २६ जेठ–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताएका छन् ।

संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमबार काठमाडौं भएको कार्यक्रममा उनले संघीय सरकारमा बसेकाहरूको मानसिकता नै एकारात्मक रहेको बताउँदै यसले संघीयतालाई नोक्सानी गरिरहेको बताए ।

‘मैले बजेट हेरेँ। जो पावरफुल मन्त्री छ, त्यसको जिल्लामा बजेट नै बजेट छ । अल्लि दुब्लो पातलो मन्त्री भएकोमा कम बजेट । सांसद पनि सत्तारूढवालालाई अलि बढी, बाँकीलाई त छैन । यो न्यायोचित हो त ? प्रधानमन्त्रीको क्षेत्रमा बजेट नै बजेट । भूपू प्रमको जिल्लामा बजेट नै बजेट तर अरू ठाउँमा बजेटको सन्तुलन छैन । यसलाई न्यायोचित भन्न मिल्दैन । यो परम्पराले बजेट बनाउन थालियो भने बजेटको लूटै हो । डकैती नै हो ,’ उनले भने

बजेटमा शक्तिशाली मन्त्रीको जिल्लामा बजेटको खोलो बगाइएको पनि उनले बताए ।

न्युज एजेन्सी नेपाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us