कतारमा नेपाली पत्रकार पक्राउ गरिएकामा आपत्ति

काठमाण्डु टुडे २०७१ भदौ २२ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– नेपाल पत्रकार महासंघले नेपालका दुई पत्रकारलाई कतारमा पक्राउ गरिएकामा आपत्ति जनाएको छ ।
fnj logoनेपाली कामदारको अवस्थाबारे वृत्तचित्र निर्माणका लागि कतारमा पुगेका महासंघ यूके शाखा सदस्य गुणदेव घिमिरेसहित दुई जनालाई एक सातादेखि कतारी प्रहरीले नियन्त्रणमा लिएको महासंघले जनाएको छ ।

सचिव प्रभात चलाउनेले आइतबार विज्ञप्ति जारी गर्दै घटनाप्रति महासंघको केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘नेपाली कामदारको अवस्थाबारे वृत्तचित्र निर्माणका लागि कतारमा पुगेका नेपाल पत्रकार महासंघ युके शाखाका सदस्य गुणदेव घिमिरेसहित दुई जनालाई एक सातादेखि कतारी प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघले चासो व्यक्त गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघ पत्रकार घिमिरेसहित नियन्त्रणमा राखिएका दुवैजनाको शिघ्र सकुशल रिहाइको लागि आवश्यक पहल गर्न सरकारसमक्ष माग गर्दछ ।’

ग्लोबल नेटवर्क फर राईट्स एण्ड डेभलपमेन्ट (जीएनआरडी) मा कार्यरत पत्रकार घिमिरे र अधिकारकर्मी कृष्ण घिमिरेलाई कतारका प्रहरीले गत साता होटलबाट नियन्त्रणमा लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us