
एजेन्सी– मोडल लोरेन गुडगरले आफूलाई एक रातको ४० हजार पाउन्ड अर्थात नेपाली ६२ लाख रुपैयाँको प्रस्ताव आएको खुलासा गरेकी छन् ।
चर्चित टेलिभिजन प्रस्तोतासमेत रहेकी लोरेनले ‘बिग ब्रदर’ नामक कार्यक्रमको दौरान उक्त खुलासा गरेकी हुन् ।२७ वर्षीया लोरेनले आफूलाई दुवइका एक प्रशंसकले त्यस्तो प्रस्ताव राखेको बताइन् । तर आफूले सो प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ ।
उनका अनुसार ती पुरुषले ‘मसँग एक रात बिताउँछौ भने ४० हजार पाउन्ड दिन तयार छु’ भनेका थिए । तर उक्त कुरा गोप्य राख्नुपर्ने सर्त उनको थियो । यस वर्षको सुरुमै लोरेनको एउटा सेक्स भिडियो सार्वजनिक भएको थियो ।
भिडियोमा उनले आफ्ना प्रेमीसँग रोमान्स गरिरहेको देखिन्थ्यो । २७ वर्षीया यी सेलीब्रेटी मोडलिङ र टेलिभिजन प्रस्तोताका साथै गायिका र ब्युटिसियनसमेत हुन् ।