मोदीले बोलाए सुरक्षा प्रमुखहरुको आपतकालीन बैठक

काठमाण्डु टुडे २०८२ वैशाख २७ गते १७:४१ मा प्रकाशित

एजेन्सी– भारत–पाकिस्तानबीच जम्मु–कास्मिर क्षेत्रमा बढ्दो तनावबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च सुरक्षा नेतृत्वको आपतकालीन बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री मोदीले राष्ट्रिय सुरक्षा रणनीतिमा फेरबदल गर्न बैठक बोलाएको अनुमान गरिएको छ ।

बैठकमा रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, तथा थलसेना, जलसेना र वायुसेनाका प्रमुख सहभागी थिए ।

बैठकमा पाकिस्तानबाट भारतमा भएको मिसाइल र ड्रोन आक्रमण तथा त्यसको प्रतरोध लगायत विषयमा समेत छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भारत–पाकिस्तान सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप बजबुत बनाउने विषयमा बैठकमा गम्भीर छलफल भएको समाचार श्रोतहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us