
काठमाण्डू, २५ वैशाख– पूर्व मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको दाबी गरेका छन ।
भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान सञ्चालन गरेको बेला शर्माको यो भनाइ सार्वजनिक भएको हो । उनले आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको पनि बताएका छन ।
शर्माले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘भारतले आतंकवाद विरुद्ध “अपरेसन सिन्दूर’’ सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो ।
आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’