ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइनः देउवा

काठमाण्डु टुडे २०८२ वैशाख २३ गते १७:०७ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल गभर्नर नियुक्तिमा कुनै समस्या नरहेको बताएका छन । कांग्रेस सभापति देउवाले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको बाएका छन ।

आज (मंगलबार) पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन । उनले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको पनि बताएका छन ।

सभापति देउवाले भने, ‘गठबन्धनमा कुनै समस्या छैन । गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंक भित्रकै समस्याले हो ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्त हुन ढिला नभएको पनि बताएका छन ।

‘ओलीजीका कारणले गर्भनर नियुक्त हुन ढिलो भएको होइन,’ उनले भने । दुई सत्तारुढ दलबीच आपसमा कुरा मिल्न नसक्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको चर्चा हुँदै आएको थियो । पछिल्लो पटक देउवा र ओलीबीच गभर्नर नियुक्तिमा सहमति भइसकेको बताइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us