
काठमाण्डू, २३ वैशाख– घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत रहेका हसई प्रेम कटवाल रहेको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिएका छन ।
इटहरी उपमहानगरपालिका घर भएका ४५ वर्षीय असई कटवाल घर बिदामा आएका थिए । इटहरीमै निर्माणाधीन आफ्नो घरको छतमा पानी हाल्ने क्रममा खसेर उनको मृत्यु भएको प्रवक्ता दाहालले जानकारी दिएका छन ।
छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणका गरेको उनले जानकारी दिएका छन ।