
काठमाण्डू, २२ वैशाख– प्रहरीले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि लाठीचार्ज गरेको छ ।
कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवकले जानकारी दिएका छन । सो क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेका छन् ।
धर्नामा हस्तक्षेप गर्न पुगेका प्रहरीले पत्रकारहरूलाई फोटो नखिच्न भन्दै नमानेमा नियन्त्रणमा लिने धम्की दिएका दिएका थिए । भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएपछि सरकारलाई दबाब दिन तीन दिनदेखि धर्नामा बसेको धर्नमा सहभागी एक युवकले जानकारी दिएका छन ।