प्रयोगविहीन सरकारी सवारी साधनको व्यवस्थापन गर्न एमाले सांसद बारलको माग

काठमाण्डु टुडे २०८२ वैशाख २२ गते १३:१७ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– एमाले सचेतकी सुनिता बरालले प्रयोगविहीन २ हजार बढी सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद बरालले सरकारको ध्यानाकर्षण गराएकी हुन । उनले सरकारी निकायमा २ हजार बढी सवारी साधन प्रयोगमा छैनन् भन्ने तथ्याङ्क रहेको बताइन् ।

ति सवारी साधनलाई विद्युतीय सवारीमा बदल्न सकिन्छ कि वा के गर्न सकिन्छ भन्ने बिचार गर्न आवश्यक रहेको पनि बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us