
काठमाण्डू, २० वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले उच्च स्रोतले जानकारी दिएको छ ।
छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन समेत सहभागी रहेको ओलीको सचिवालय स्रोतले जानकारी दिएको छ ।