एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

काठमाण्डु टुडे २०८२ वैशाख २१ गते १८:०१ मा प्रकाशित

काठमाण्डू, २० वैशाख– यस बर्ष (०८१) सालमा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार हिजो (शनिबार) परीक्षणको काम सुरु भएको हो ।

परीक्षा नियन्त्रक डा। गणेशप्रसाद भट्टराईले भने, ‘सबै ठाउँबाट परीक्षणको काम धमाधम भइरहेको छ । शनिबारदेखि नै परीक्षण सुरु भएको हो,’ । उनका अनुसार ५० ठाउँबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । बोर्डले असार पहिलो साता नजिता सार्वजनिक गर्ने तालिका थियो । तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षणको काम ढिला गरी सुरु भएको हो ।

‘शिक्षकहरूले जतिसक्दो छिटो परीक्षणको काम सक्नुहुन्छ । नतिजा त्यति नै छिटो हुन्छ । अब शिक्षकहरूको हातमा छ,’ नियन्त्रक भट्टराईले भने । २० चैतदेखि २९ दिन शिक्षकहरूको आन्दोलनका कारण परीक्षणमा ढिलाइ भएको हो ।

एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us