
काठमाण्डू, २० वैशाख– सत्ता घटक दल एमालेले राजनीतिक स्थायीत्वलाई खलबल्याउन सक्रिय पक्षहरू कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ ।
आज (आइतबार) एमाले मुख्यालय च्यासलमा बसेको बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी जानकारी दिएका छन ।
एमाले उपमहासचि ज्ञवालीले भने, ‘मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको छ । यसलाई खलबल्याउन विभिन्न पक्ष क्रियाशील भइरहेका छन्, ‘तर, उनीहरूको प्रयास कमजोर हुँदै गएको निष्कर्ष बैठकले निकालेको छ ।’