
काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।
आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी रहेका थिए ।