प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विकल्प छैनः सोबिता गौतम

काठमाण्डु टुडे २०८२ वैशाख २० गते २०:३० मा प्रकाशित

काठमाण्डू, २० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री नै अबको देशको निकास भएको दाबी गरेकी छन । आज (शनिबार) राष्ट्रिय स्वतन्त्र पार्टी रुपा गाउँपालिका, कास्कीको कार्यालय उद्घाटन सभामा सम्बोधन गर्दै सांसद गौतमले यस्तो बताएकी हुन ।

उनले भनिन्, ‘अबको नेपालको निकास भनेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीबाट नै हो । नेपाली जनताले प्रत्यक्षरूपमा फलानो प्रधानमन्त्री भयो भने मात्र परिवर्तन हुन्छ भनेर अपेक्षा गरिरहनुभएको छ, ‘त्यसले मात्र नेपाललाई विकासको गतिमा अगाडि बढाउन सक्छ ।’ गौतमले मिसन ०८४ कुनै दलको विशेष कुराभन्दा पनि नेपाली जनताले निर्णायक इच्छा व्यक्त गर्ने अभियान रहेको उनले बताएकी छन । देश बनाउनको लागि कोही नआउने भन्दै उनले आफै प्रत्यक्ष रुपमा सक्रिय हुन पनि उनले अपिल गरेकी छिन् ।

हिजो मात्रै सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै कुराहरुको निरन्तरता भएको र शब्दहरूमात्रै थपिएको उनको टिप्पणी छ । ’नयाँ हो कि भन्यो जस्तो बनाएर ल्याइएको छ ।’ उनले महत्त्वाकांक्षी नीति कार्यक्रम ल्याउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले जनता आजित भएको बताएकी छन । सरकार भ्रष्टाचारका काण्ड दबाउन उद्दत रहेको सांसद गौतमले बताएकी छन ।

रास्वपाले सरकारमा गएर भ्रष्टाचारका फाइल खोल्दै कारवाही अगाडि बढाएपछि हतारमा कांग्रेस एमाले सरकार बनेको र भ्रष्टाचारका काण्डहरूको अनुसन्धान पनि रोकिएको पनि बताएकी छन । ‘रास्वपा आएपछि के भयो भन्दा भ्रष्टाचार गरेको थाहा भयो, कहाँ भयो भन्ने थाहा भयो । पोखरामा १० अर्ब बढी भ्रष्टाचार भएको थाहा भयो ।

वाइडबडीमा भ्रष्टाचार भयो भन्ने छर्लंग आएको छ, ‘अनि त्यो वर्षौदेखिको गिरिबन्धुको भ्रष्टाचारमा अब संसदीय छानबिन समितिको नजिर बसालिहालियो । अब हाम्रो पनि पालो आउँछ भनेर त्यसलाई ढाकछोप गर्ने काम भएको छ । भुटानी शरणार्थी काण्डको फाइल खोलिएको थियो । प्रक्रिया धेरै अगाडि बढिसकेको थियो ।

अब हामीलाई छोड्दैनन् भनेर त्यसलाई पनि दबाउने काम गरिएको छ । यो जनताले देखेका छन्, मनमा राखेका छन् ।’ सांसद गौतमले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर मुद्दा लगाइएको पनि बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us