नीति तथा कार्यक्रमलाई रचनात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाण्डु टुडे २०८२ वैशाख २० गते १९:५८ मा प्रकाशित

काठमाण्डू, २० वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ ।

आज (शनिबार) बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन । उनले भने, ‘हिजो प्रस्तुत भएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो ।

त्यसमा धेरै कुराहरू समेटिएका छन् । जुन राष्ट्रिय आवश्यकता हुन्, ‘हामीले पनि चाहेका कुरा भएकाले समर्थन गर्ने । रचनात्मक र सकारात्मक सुझावसहित त्यसको पक्षमा बोल्ने र समर्थन गर्ने निर्णय भएको छ ।’

त्यस्तै, नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानकासम्बोधन हुनेगरी बजेट तर्जुमा गर्न पनि कांग्रेसले ध्यानाकर्षण गरेको छ । संसद्मा विधेयक निर्माणको कामले गति लिन नसकेको निष्कर्ष निकालेका उनले जनाकारी दिएका छन ।

उनले भने, ‘विधेयक निर्माणको गति सुस्त भएको महसुस भएको छ । त्यसले पारेको प्रभाव धेरै भए । त्यसलाई तीव्र बनाउनका लागि कांग्रेसले देखिनेगरी भूमिका खेल्नुपर्छ भन्ने कुरा निष्कर्ष निकालेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us