शाक्यद्वारा कुलमानलाई खराब देखाउने गरी श्वेतपत्र जारी

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १९:१५ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालको दौरान प्राधिकरणको वित्तीय अवस्था र विद्युत चुहावटको अवस्थामा सुधार नभएको दाबीसहित शुक्रबार श्वेतपत्र जारी गरेका छन् ।

श्वेतपत्रमा घिसिङले प्रस्तुत गरेका विवरणहरूसँग तुलना गरिएको छ ।
शाक्यले झण्डै चार वष्र्ने घिसिङको कार्यकालमा प्राधिकरणको वित्तीय अवस्था र चुहावट दरमा सुधारको दाबी कागजी मात्र भएको आरोप लगाए ।

श्वेतपत्रमा अहिले पनि प्राधिकरणको चुहावट दर १४ ८५ प्रतिशत रहेको औंल्याइएको छ । जबकि घिसिङले २०८०र८१ को आर्थिक वर्षमा विद्युत चुहावट १२।७३ प्रतिशतको स्तरमा झरेको दाबी गरेका थिए । यसैबीच, श्वेतपत्रमा विद्युत पहुँच पुग्ने उपभोक्ताको संख्या पनि कूल जनसंख्याको ८४।६२ प्रतिशत रहेको उल्लेख गरिएको छ । घिसिङले ९९ प्रतिशत घरमा विद्युत पहुँच पुगेको तथ्यांक प्रस्तुत गरेका थिए ।

श्वेतपत्रका अनुसार, प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड रूपैयाँ रहेको छ । घिसिङको कार्यकालको अन्तिमतिर उक्त रकम ४७ अर्ब आसपास रहेको उल्लेख गरिएको थियो । शाक्यले घिसिङको कार्यकालको दौरान वित्तीय प्रगति र नाफाको अवस्था धेरै कमजोर रहेको बताए ।
श्वेतपत्रमा प्रस्तुत गरिएको वित्तीय विवरण अनुसार, प्राधिकरणको कुल सेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड रहेको छ । प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड ऋणमा रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।

सरकारले गत महिना घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । त्यसको अहिले पनि राजनीतिक वृत्त र नागरिक स्तरबाट विरोध भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us