नीति कार्यक्रमबारे बाबुरामको टिप्पणीः प्राथमिकता नै स्पष्ट छैन

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १८:५४ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम परम्परागत ढर्रामा सीमित रहेको टिप्पणी गरेका छन् ।
संसदमा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिंदै उनले विगतको निरन्तरताकै रुपमा नीत कार्यक्रम आएको बताए । फरक विचारधाराका दलहरू सम्मिलित सरकारबाट आमजनताले गुणात्मक रूपान्तरणको आशा गरे पनि नीति कार्यक्रमले त्यो अपेक्षा पूरा गर्न नसकेको उनको भनाइ छ । ‘कागजमा धेरै कुरा उल्लेख भए पनि कार्यक्रम सुधारमुखी मात्र देखिन्छ, परिवर्तनकारी होइन’, उनले भने ।

भट्टराईले नीति तथा कार्यक्रममा प्राथमिकता स्पष्ट नभएको र त्यसले कार्यान्वयनमा चुनौती निम्त्याउने बताए । उनका अनुसार, नीति तथा कार्यक्रम औसत हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us