कल्पनाशीलता हराएको नीति कार्यक्रमः रास्वपा

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १८:४९ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– सरकारले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर असहमति जनाएको छ ।
रास्वपा सांसद् शिशिर खनालले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति असन्तोष व्यक्त गरे ।
संघीयसंसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले कार्यक्रमहरू पुरानै ढर्रामा आधारित रहेको उल्लेख गरे ।
उनले सरकारलाई थकित र दिशाहीन भन्दै आलोचना गरे । ‘नयाँ सोच वा सिर्जनशील योजनाको अभाव छ । सरकारबाट यस्ता कुनै कार्यक्रम देखिएनन् । जसले नागरिकमा उत्साह जगाओस्’, खनालले भने ।
खनालका अनुसार नीति कार्यक्रममा पछिल्ला केही दशकयता दोहोरिइरहेका योजनाहरूको पुनरावृत्ति मात्रै गरिएको छ । उनले विगतमा सुन्दा रोचक तर कार्यान्वयनमा कमजोर कार्यक्रमहरू भए पनि अहिले त्यो स्तरको कल्पनाशीलता समेत हराएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us