नीति तथा कार्यक्रमबारे २२ गतेदेखि छलफल, २८ गते प्रधानमन्त्रीको जवाफ

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १८:४२ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– सरकारले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आगामी वैशाख २२ गतेदेखि विस्तृत छलफल सुरु हुने भएको छ ।

शुक्रबार बसेको संघीय संसदको संयुक्त बैठकमा सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफलको समयतालिका सार्वजनिक गरेका हुन् ।

उनले नीति कार्यक्रममा २२ देखि २८ वैशाखसम्म छलफल हुने जानकारी दिए ।

सभामुख घिमिरेका अनुसार छलफलपछि वैशाख २८ गते नै प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबारे सांसदहरुले छलफलमा उठाएका प्रश्नहरूको जवाफ दिनेछन् ।

नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गर्न चाहने सांसदहरूले वैशाख २० र २१ गते संसदको कार्यव्यवस्था शाखामा संशोधनको सूचना दिन सक्ने व्यवस्था गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us