
काठमाण्डू, १९ वैशाख– सरकारले राष्ट्रपतिको नाम जोडिएका दुईवटा कार्यक्रम हटाएको छ ।
संघीय संसद बैठकमा शुक्रबार प्रस्तुत आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र राष्ट्रपति महिला उत्थान कार्यक्रम हटाइएको हो ।
शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको नाम दिइएको छ । हप्तामा २० घण्टासम्म कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन हुने भएको छ ।
स्नातक तहभन्दा माथिका विद्यार्थी यसमा सहभागी हुन पाउनेछन् ।
यस्तै, राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई राष्ट्रिय महिला उत्थान कार्यक्रम नामाकरण गरिएको छ ।