
काठमाण्डू, १९ वैशाख– सरकारले आर्थिक वर्ष ०८२–८३ / ०९१–०९२ लाई आन्तरिक रोजगारी दशक घोषणा गरेको छ । आन्तरिक रोजगारी विस्तार गर्ने उद्देश्यसहित सरकारले यो घोषणा गरेको राष्ट्रपति पौडेलले बताएका छन ।
आधारभूत श्रम मापदण्डको कार्यान्वयन, दक्ष जनशक्तिको पलायन रोक्ने, देशभित्रै उद्यामशीलता विकास गरी युवा रोजगारी सिर्जना गर्न यस्तो घोषणा गर्न लागिएको हो ।
साथै वैदेशकि रोजगारीलाई समेत सुरक्षित र व्यवस्थित बनाउन आवश्यक कानूनी व्यवस्था र मापदण्ड बनाउने समेत उल्लेख गरीएको छ ।