
काठमाण्डू, १९ वैशाख– सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन कोष स्थापना गर्ने घोषणा गरेको छ ।
आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख गरीएको छ ।
राष्ट्रपति पौडेलले भने, ‘समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिनेछ ।’
यस्तै सहकारी नीतिको पुनरावलोकन गरी नयाँ सरकारी नीति जारी गर्ने र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्या समाधान गरिन पनि नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।