
काठमाण्डू, १९ वैशाख– सरकारले संविधान संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । आज शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन् ।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘संविधानको समीक्षा गर्ने र सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने छ ।’