दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध हुने गरेको प्राधिकरणको स्वीकारोक्ति

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– नेपाल विद्युत् प्राधिकरणले दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध भएको स्वीकार गरेको छ । प्राधिकरणले आफ्नो आर्थिक अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्दै यस्तो जानकारी गराएको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिना ट्रिपिङका कारण यस्तो अवस्था देखिएको प्राधिकरणले बताएको छ । यसरी अवरोध हुनुको कारण ‘ट्रिपिङ’ भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिएका छन ।

यो अवधिमा प्रतिग्राहक औसत ८२५ वटा ट्रिपिङ भएको पनि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताएका छन । यो अवधिमा भएका ट्रिपिङमा औसतमा ३७ मिनेट विद्युत् अवरोध हुने गरेको प्राधिकरणले जनाएको छ ।

यस अनुसार यो अवधिमा औसत ५०९ घण्टा विद्युत् अवरोध भएको उनले जानकारी दिए । यो प्रतिदिन ११३ मिनेट अवरोध भएको हो । प्राधिकरणको प्रणाली कमजोर हुँदा यो अवस्था रहेको भन्दै सिस्टम सुधार गरेर क्रमशः यस्तो अवरोध कम हुँदै जाने शाक्यले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us